राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी प्रकरणमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा कारण देखाउ आदेश जारी भएको छ । बुधबार सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा उक्त रिटको सुनुवाइ भएको हो ।
Advertisement
सुनुवाइपछि इजलासले कारण देखाउ आदेश जारी गरेको हो । अधिवक्ता युवराज पौडेल (सफल) ले दायर गरेको रिटमा भएको सुनुवाइमा निवेदक पक्षका अधिवक्ताहरूले उक्त प्रकरणमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय खारेज हुनुपर्ने जिकिर गरेका थिए ।
मुद्दा चलाउनुनपर्ने भनेर महान्यायाधिवक्ताले गरेको निर्णय उत्प्रेषणको आदेशले बदर हुनुपर्ने पौडेलको माग छ । पौडेलले महान्यायाधिवक्ताको निर्णयविरुद्ध अन्तरिम आदेशको पनि माग गरे पनि अदालतले अन्तरिम आदेश भने दिएन ।