काठ्माण्डौ । रासायनिक मलमा दिइदै आएको अनुदान फिर्ता गर्ने सरकारको निर्णय विरुद्ध किसान संघसंगठनहरु आन्दोलित हुने भएका छन् । कांग्रेस, एमाले र राप्रपानिकट किसान संघ–संगठनहरूले अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता गर्न सरकारसँग माग गरेका छन् ।
कांग्रेसनिकट नेपाल किसान महासंघ, एमालेनिकट अखिल नेपाल किसान महासंघ र राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले सरकारको ध्यानाकर्षण गराएका हुन् । संयुक्त पत्रकार सम्मेलन गर्दैै उनीहरुले माग पुरा नभए चरणवद्ध आन्दोलनमा जाने चेतावनी दिएका छन् । अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले प्रधानमन्त्रीलाई भेटेरै ज्ञापनपत्र बुझाउने सहितका आन्दोलनका कार्यक्रहरु तय भएको बताए ।
चैत ३ मा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने बताए । देशभरका स्थानीयस्तरमा संयुक्त किसान संघर्ष समिति निर्माण गरी धर्ना, जुलुस, चक्काजामलगायतका आन्दोलनका कार्यक्रम हुने बताए । माग पूरा नभएसम्म धर्ना, जुलुस लगायतका कार्यक्रमहरु जारी रहने बताए । सरकारले फागुन २६ मा रासायनिक मलमा दिइँदै आएको अनुदान कटौती गरेको थियो । मल कारखाना स्थापना गर्ने निर्णय तत्काल कार्यान्वयनमा ल्याउन पनि माग गरे ।