उपराष्ट्रपतिको निर्वाचनको लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएको छ । चैत ३ गते हुने निर्वाचनको लागि निर्वाचन अधिकृतको कार्यालयले चार जनाको नामावली सार्वजनिक गरेको हो।
Advertisement
नेकपा एमालेबाट अष्ट लक्ष्मी शाक्य, जनता समाजवादी पार्टी (जसपा)बाट प्रमिला कुमारी यादव, रामसहाय प्रसाद यादव र जनमत पार्टीकी ममता झाको नाम सार्वजनिक भएको हो।
राष्ट्रपति खस–आर्य समुदायका पुरूष निर्वाचित भएपछि उपराष्ट्रपतिमा महिला हुनुपर्ने भन्ने विवाद आएपछि जसपाले दुई जनाको उम्मेदवारी दिएको थियो।