काठमाडौँ। विश्वकपमा छनोट भएको नेपाली राष्ट्रिय यू–१९ पुरुष क्रिकेट टोली आज साँझ स्वदेश फर्कँदै छ । नेपाली युवा टोली आज साँझ ६ बजे युएईबाट काठमाडौँस्थित त्रिभुवन निमानस्थलमा आइपुग्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । विश्वकपको एसिया छनोटअन्तर्गत बिहीबार भएको निर्णायक तथा अन्तिम खेलमा आयोजक युएईलाई ७ रनले हराउँदै नेपाल विश्वकपमा ८ वर्षपछि छनोट भएको हो ।
Advertisement
अब नेपालको युवा टोलीले सन् २०२४ मा श्रीलंकामा आयोजना हुने यू–१९ विश्वकपमा सहभागिता जनाउने छ । यसैबीच, क्यानले विश्वकपमा स्थान बनाउन सफल खेलाडी तथा पदाधिकारीलाई जनही १ लाख रुपैयाँ पुरस्कार दिने भएको छ । आइसिसी यू–१९ विश्वकपमा छनोट भएपछि खेलाडीलाई जनही १ लाख पुरस्कारको घोषणा गरिएको क्यानले सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो ।