मोरङ । ग्यास सिलिण्डर विप्फोटाहुदा धरानमा ८ जना घाइते भएका छन् । सुनसरीको धरान उपहानगर–१७ स्थित सविता राईको घरमा ग्यास मर्मत गर्ने क्रममा विष्फोट भएको हो । घर भाडामा बस्ने शिक्षिका अञ्जना राईले सोमबार ग्यास चुहावट भएपछि ग्यास मर्मत गर्ने प्राविधिक बोलाएकी थिइन् । तर, मर्मत गर्ने क्रममा विष्फोट भएको थियो ।
घाइतेहरुको उपचार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको उपचार भैरहेको छ भने ४ जनाको उपचारका लागि काठ्माण्डौ पठाइएको छ । प्रतिष्ठानका रेक्टर प्रा.डा. सञ्जीवकुमार शर्माका अनुसार २ जना डिस्चार्ज भैसकेका छन् ।
सोमबार अपराह्न करिब पौने ५ बजेतिर घटना भएको प्रहरीको भनाइ छ । घाइते हुनेमा २७ वर्षीया सविता राई, ६५ वर्षीया रामकुमारी राई, १० वर्षीय सुमिहाङ राई, ८ वर्षीय साङ्केन राई घाइते छन् । ग्यास मर्मतका लागि पुगेका प्राविधिक धरान ११ का १९ वर्षीय अनिश कार्की र सिरहा बन्दीपुरका १८ वर्षीय वासुदेव खड्का छन्।