काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालकोट पुगेका छन्।
Advertisement
ओली निवास बालकोटमा दुई नेताबीच छलफल भइरहेको छ। बिहीबार मात्रै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा दुई घण्टा लामो छलफल भएको थियो। राष्ट्रपति निर्वाचन नजिकिदै जाँदा प्रचण्ड र ओलीबीचको सम्बन्धमा खटपट देखिन थालेको छ।
एमालेले १० पुसमा भएको सहमति अनुसार राष्ट्रपति आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ भने माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने अडान राखेको छ।