काठमाडौं । आगलागीमा परी घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
Advertisement
मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारका अनुसार १०ः५७ मा भण्डारीको मृत्यु भएको हो ।बुद्धनगरस्थित निवासमा बुधबार राति आगलागीमा परी हरिकला र सांसद भण्डारी सख्त घाइते भएका थिए ।
सांसद भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ । उनलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ ।