प्रदेश १ मा थप ३३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
Advertisement
पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप ३३७ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङमा १०७, झापामा ९५, सुनसरीमा ५०, पाँचथरमा ३२, उदयपुरमा २४,सोलुखुम्बुमा १३, संखुवासभामा ५, इलाममा ३, धनकुटा र भोजपुरमा १-१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६५ हजार ६७८ पुगेको छ ।
संक्रमितमध्ये ४८ हजार ८८० जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १५ हजार ७५१ रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आइतबार ३०९ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८, २०:२९:५२