नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई निर्वतमान मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले बधाई र शुभकामना दिएका छन् ।
Advertisement
                              गुरूङले पोखरेललाई फोन सम्पर्क गर्दै बधाई र सफल कार्यकालको शुभकामना दिएका हुन्।
‘मुख्यमन्त्री हुनुभएकोमा बधाई छ है मेरो तर्फबाट र मेरो पार्टीको तर्फबाट। ल अब पछि कुरा गर्दै गरौँला नि है। ल ल एकदम शुभकामना छ तपाईको सफल कार्यकालको लागि,’ निर्वतमान मुख्यमन्त्री गुरुङले बधाई दिँदै भने।
बिहीबार प्रदेश सभा बैठकमा गुरूङले विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुखको आह्वान अनुसार पोखरेल संविधानको धारा १६८(५) बमोजिम शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
 
                                                             
         
         
         
         
         
         
         
         
        