पत्रकार ऋषी धमलाको बारेमा गीत गाएर ख्याति कमाएका लोक तथा दोहोरी गायक प्रदिप त्रिपाठीले बर्ष २०७६ को तीजलाई लक्षित गर्दै मौलिक तीज गीत सार्वजनिक गरेका छन्।

त्रिपाठीले आफ्नै आधिकारिक युट्युव च्यानलबाट चरी बोलको तीज गीत सार्वजनिक गरेका हुन्। कमला दाहालको निर्माणमा रहेको चरी तीज गीतमा त्रिपाठी सहित कमला दाहाल र चर्चित गायिका राधिका हमालको आवाज सुन्न सकिन्छ।

धनश्याम रिजालको शब्द रहेको सो गीतमा निर्मात्री कमला दाहालको संगीत छ ।

“गीतले चेलिको बेदनालाई समेटेको छ”-गायक त्रिपाठीले भने। यही बर्ष अर्को तीज गीत कपुरबोट टिभी मार्फत यसै साता सार्वजनिक गर्ने त्रिपाठीले बताए।

गीत हेर्न तलको लिंकमा जानुहोस।

https://youtu.be/AN6pKAUK6Rc

Leave a Reply

Your email address will not be published. Required fields are marked *