चर्चित राजनैतिक विश्लेषक डा. सुरेन्द्र के.सी.ले प्रचण्डभित्रको प्रचण्ड मरिसकेको बताएका छन् । आफूले जिउँदो हुँदाको प्रचण्डलाई भेटेको, हाल मरिसकेको प्रचण्डलाई भेट्न जरुरी नभएको उहाँको भनाई छ ।

कपुरबोट टि.भी.संग विशेष कुराकानी गर्दै डा. के.सी.ले नेकपाभित्र प्रचण्ड खेमाले गरिरहेको काम झुठो भएको प्रधामन्त्री समेत रहेका के.पी. ओली खेमाको काम नांगो रहेको टिप्पणी गरेका छन् । तीन बर्षअघि भएको नेकपाको एकता रहस्यमय, अपारदर्शी, हठात् रहेको उहाँको भनाई छ । देशमा प्रतिपक्षी सुतेर बसेको र नेपालमा कम्युनिष्टहरु नै सबैभन्दा बिलाशी एवं महंगा गाडी चढ्नेहरु रहेको उहाँले बताउनुभयो । डा. के.सी.संग गरिएको कुराकानीको भिडियो कुपरबोट टि.भी.ले प्रकाशन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *