बिबेकशिल साझा पार्टिका बारा अध्यक्ष घिमिरेको स्टाटसले सनसनी

१२ माघ, सिमरा । सुप्रिया ढकाल।  

विवेकशील साझा पार्टीले राष्ट्रिय सभाको चुनावमा प्रदेश ३ को खुलातर्फ नेपाली कांग्रेसका उम्मेदवार वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीलाई समर्थन गरेपछि पार्टिले गलत व्यक्तिलाई समर्थन गरेको भन्दै देशै भर पार्टिभित्र तथा बाहिर हंगमा मच्चिएको छ ।

यो बिचमा विवेकशील साझाका बारा जिल्ला अध्यक्ष अर्पणराज घिमिरेले पार्टि नेतृत्वको चर्को अलोचना गर्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गरेपछि बिबेकशिल साझा पार्टिको प्रभाव क्षेत्र मध्य एक बाराको सिमरामा समेत सनसनि छाएको छ । यस क्षेत्रमा बिबेकशिल साझाको अवस्था के होला ? भन्ने प्रश्नले सबैको मनमा कौतुहुलता मच्चाएको छ ।

“अबको आशा, कोरियन भाषा” उहाले पार्टिको नारालाई बंग्याउदै अगाडि लेख्नुभएको छ । “जा केटा हो बिदेशै ठिक छ, यहा फकाएर उहि भेडै त बनाउने रहेछन् ।” जुन स्टाटस मार्फत उहाले पार्टि परित्यागको प्रष्ट संकेत गर्नुभएको छ ।

यो संगै बारामा विवेकशीलको यात्रा करिब टुंगिने आंकलन गर्न सकिन्छ । सिमरा, बिबेकशिल साझाले चुनाव लडेको क्षेत्र हो । यसअघि स्थानिय तहको निर्वाचनमा पार्टि जिल्ला अध्यक्ष अर्पणराज घिमिरेकै नेतृत्वमा पार्टिले चुनाव लडेको थियो ।

 

बिबेकशिल साझाको बिज्ञप्ती

बिबेकशिल साझा पार्टिले अधिकारीलाई समर्थन गर्ने निर्णयप्रति अभिव्यक्त चासो र चिन्ताकाबारे स्पष्ट पारेको छ । शुक्रबार विवेकशीलले जारी गरेको विज्ञप्तीमा अधिकारी एक सक्षम र राष्ट्रिय सभामा आइपरेका जटिल विषयलाई पनि सुक्ष्म रुपमा समाधान गर्न सक्ने नेता भएकोले समर्थन गरेको विवेकशीलले स्पष्ट पारेको छ ।

राष्ट्रिय सभाको चुनावका सम्बन्धमा आफूहरुसामू मूलतः चारवटा विकल्पहरू रहेको भन्दै विवेकशीलले चौथो विकल्पलाई अँगालेको बताएको छ । विवेकशीलले पहिलो विकल्प, चुनावमा भाग नै नलिनु, दोश्रो आफ्नै उम्मेदवार उठाउनु, तेश्रो बाम गठबन्धनले समर्थन गरेको उम्मेद्वारलाई समर्थन गर्नु र चौथो बिकल्पको रुपमा कांग्रेशले समर्थन गरेको उम्मेद्वारलाई समर्थन गर्नु रहेको उल्लेख गरेको छ ।

बिज्ञप्तिमा लेखीएको छ, “नेपाली कांग्रेससँग उपयुक्त उम्मेदवारको विकल्पमा छलफल हुँदा हामीले अघि सारेका कतिपय स्वतन्त्र, प्रवुद्ध व्यक्तिहरू कांग्रेसको तर्फबाट उम्मेदवार बन्ने संभावना देखिएन । नेपाली कांग्रेससँगै आवद्ध व्यक्तिहरूको चर्चा हुँदा राधेश्याम अधिकारी लगायतका केही नाम छलफलमा आयो र हामीले तुलनात्मकताको कसीमा हेर्दा उहाँहरूमध्ये कोहीलाई समर्थन हुनसक्ने बतायौं ।” तरपनि ‘भ्रष्टाचारको कसूरमा सजायँ भुक्तान गरिसकेको व्यक्तिले पनि भविष्यमा चुनाव लड्न पाउनुपर्छ’ भन्ने राधेश्याम अधिकारीको अभिव्यक्ति प्रति पार्टि पूर्ण रुपमा असहमत रहेको बिज्ञप्तिमार्फ जनाईएो छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *